सामाजिक सुरक्षा कोषसँग १५ बुँदे माग राख्दै बैंक तथा वित्तिय क्षेत्रका २९ संस्थाको संयुक्त बिज्ञप्ती, सम्बोधन नभए आन्दोलनको चेतावनी (बिज्ञप्तीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
बैंक वित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर १५ बुंदे माग राख्दै संयुक्त बिज्ञप्ती जारी गरेका छन्। आफुहरुको माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा आबदद्ध हुन नसकिने अडान राख्दै बैंक बित्त तथा बीमा कम्पनीका २९ वटा सँस्थाले संयुक्त बिज्ञप्ती जारी गरेका हुन्। 

सामाजिक सुरक्षामा न्युनतम सुविधाबाट बन्चित लाखौँ श्रमिक कामदार तथा कर्मचारीहरुलाई प्राथमिकतामा राखेर उनीहरुलाई पहिले समेट्नु पर्ने जिम्मेवारी बिर्सिएर संगठित बैंक, बित्त तथा बीमा कम्पनीका कर्मचारीलाई जोड्न मरिहत्ते गरेको बिज्ञप्तीमा उल्लेख छ। 

सामाजिक सुरक्षा कोषको बिध्यामन ऐन, नियमावली, कार्यविधिमा भएका व्यवस्था, योजना र सर्तअनुसार आबद्द हुँदा बैंक, बित्त तथा बीमा कम्पनीका विगत ३० बर्षदेखि काम गर्दै आएका कर्मचारीहरु अहिलेसम्म पाउदै आएको सेवा सुविधाबाट बन्चित हुने भएकाले बिध्यमान व्यवस्था संसोधन नभएसम्म कुनै पनि हालतमा आबद्द हुन नसकिने बिज्ञप्तीमा उल्लेख गरिएको छ। 

पछिल्लो समय सामाजिक सुरक्षा कोषकै कारण बैंक, बित्त तथा बीमा कम्पनीहरुमा डर त्रास र भयको वातावरण सृजना भएको र यो कार्य बन्द नभएकामा शसक्त आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन्।   

१५ बुंदे मागमा कोषको बिध्यमान व्यवस्था संबिधानअनुसार श्रम मैत्री बनाउनुपर्ने, ऐनमा नै खाईपाई आएको सेवा सुविधामा कटौती नहुने कुराको ग्यारेन्टी गर्नुपर्ने, सरकारी कर्मचारीहरुलाई झैँ समान व्यवहार गर्नुपर्नु लगायतका बिषयहरु उल्लेख छन्। 

संयुक्त बिज्ञप्ती बुझाउने २९ सँस्थामा अधिकांश वाणिज्य बैंक तथा बीमा कम्पनीहरु रहेका छन् भने बैंक, बित्त तथा बीमा कम्पनीका कर्मचारी संगठनहरु समेत सामेल छन्। 

बैंक तथा वित्तिय क्षेत्रका २९ संस्थाको संयुक्त बिज्ञप्ती

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"