बैकिङ्ग समाचार, काठमाडौं ।
आज (बुधबार) सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । एक सातापछि मंगलबार बढेको बजार आज फेरि ओरालो लागेको हो । आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ बिन्दुमा पुगेको छ । आज नेप्से १.७७ प्रतिशतले घटेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ७.३७ अंकले घटेर ५२८.९७ बिन्दुमा पुगेको छ ।
कूल २१६ कम्पनीको १ करोड ६१ लाख १७ हजार ५७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६५ करोड २३ लाख २६ हजार ७४४ रुपैयाँको कारोबार भएको छ । आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार सेयर बजारमा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको थियो ।
आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । आज पनि विकास बैंक समूहको सेयरमूल्यमा सबैभन्दा धेरै घटेको छ ।
प्रतिक्रिया