बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ ।
स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे एक कराेड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना
प्रतिक्रिया