बैकिङ्ग समाचार ।
बैंक मर्जर गर्ने कार्यमा नेपाल राष्ट्रबैंक सक्रिय हुँदै आएको छ । यसैबीच राष्ट्र बैंकले बैंकका सीइओ तथा सञ्चालकहरुलाई मर्जरसम्बन्धी १३ प्रश्नसहित दर्जनौं उपप्रश्न सोधेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले बैंक तथा वित्त कम्पनीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र अन्यलाई सर्वेक्षण प्रश्नावली पठाएको हो । नियामक राष्ट्र बैंकले पहिलोपटक नेपालमा बैंक तथा वित्त कम्पनीको अधिकतम संख्या कति हुनुपर्छ भनेर सर्वेक्षण शुरु गरेको हो । नेपालमा मर्जरको मोडालिटी कस्तो हुनुपर्छ भन्ने अर्को प्रश्न छ । त्यसको जवाफका लागि साना(साना संस्था, साना(ठूला संस्था, कमजोरसवल संस्था, कमजोर(कमजोर संस्था र सवल(सवल संस्थाको बीचमा भन्ने अप्सन दिइएको छ ।
सर्वेक्षणको प्रश्नावली
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले ‘Optimal number of BFIs in Nepal” विषयमा अध्ययन गर्ने प्रयोजनका लागि देहाय बमोजिमको प्रश्नावली तर्जुमा गरी google from मार्फत् तपाईंहरूको माझ ल्याएको छ । यसलाई पूरा गर्न अधिकतम पाँच मिनेट लाग्नेछ । कृपया प्रश्नावली भरेर अध्ययन पूर्ण गर्न सहयोग गरिदिनु हुन अनुरोध छ ।
यस प्रश्नावलीमा सोधिएका विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य रहनेछन् । कुनै पनि उत्तरदाताको विवरण व्यक्तिगत रुपमा प्रकाशन गरिने छैन । संकलित विवरणहरु सामूहिक रुपमा तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिने छ । यस सर्वेक्षणमा सोधिएका प्रश्नहरुको जवाफ नेपाली वा अग्रेजी भाषामा दिन सकिनेछ ।
उत्तरदाताको नामः
……………………………………..
उत्तरदाताको पदः
-सञ्चालक समिति अध्यक्ष
– सञ्चालक
– प्रमुख कार्यकारी अधिकृत
– नायव प्रमुख कार्यकारी अधिकृत
– अन्य
सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाम
…………………………………………………..
सम्पर्क नम्बर
……………………………………………………..
इमेल ठेगाना
……………………………………………………..
प्रश्नहरु
१) तपाईंको संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा गएको छ कि छैन ? (छ भने प्रश्न ३ मा जानुहोस्)
– छ
– छैन
२) मर्जरमा गएपछि तपाईंको संस्थामा के कस्तो सुधार भएको छ ?
(क) धेरै बिग्रिएर गएको, ख) बिग्रिएको ग) उस्तै हरेको घ) सुधार भएको ङ)उल्लेख्य सुधार भएको)
– प्रति कर्मचारी सञ्चालन खर्च
– प्रतिकर्मचारी सञ्चालन मुनाफा
– कर्मचारी उत्पादकत्व
– प्रविधिको उपयोग
– कर्मचारी उत्प्रेरणा
– सेवाको गुणस्तर
– जोखिम व्यवस्थापन
– सम्पत्तिको गुणस्तर
– स्प्रेड दर
– सेयर मूल्य
– पुँजी तथा सम्पत्तिको प्रतिफल
३) नेपालमा बैंक तथा वित्तीय संस्थाहरुलाई कस्तो मोडलमा सञ्चालन हुन दिन आवश्यक छ जस्तो लाग्छ ?
– युनभिर्सल बैंकिङ (सबै प्रकारका वित्तीय कारोबार गर्न पाउने)
– विशिष्टकृत संस्थाहरु आवश्यक
– ‘क’ र ‘घ’ वर्गका मात्रै
४) तपाईले नेपालमा हाल कायम रहेको बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भए जस्तो लाग्छ ?
– बढी छ
– बढी छैन
५) बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी छ भन्ने लाग्दछ भने तिनीहरुको संख्या घटाउने उपयुक्त मोडालिटी के हुन सक्छ ?
– पुँजीवृद्धि
– स्वेच्छिक मर्जर
– प्रोत्साहन मर्जर
– फोर्स बिग मर्जर
६) तपाईंको विचारमा नेपालमा कस्तो मर्जर मोडेल उपयुक्त होला ?
– साना-साना संस्थाको बीचमा
– साना-ठूला संस्थाको बीचमा
– कमजोर-सवल संस्थाको बीचमा
– कमजोर-कमजोर संस्थाको बीचमा
– सवल-सवल संस्थाको बीचमा
७) नेपालमा वाणिज्य बैंकको संख्या कतिमा सीमित गर्नु उपयुक्त हुन्छ होला ?
– ५ देखि १०
– ११ देखि १५
– १६ देखि २०
– २० देखि २५
८) नेपाल राष्ट्र बैंकले लिएको मर्जर तथा प्राप्ति नीतिका सकारात्मक पक्षहरु निम्नमध्ये के के देख्नु भएको छ ?
– लगानी क्षमतामा बिस्तार गर्न
– कार्य सञ्चालन दक्षता वृद्धि गर्न
– जोखिम वहन क्षमतामा बिस्तार गर्न
– प्रविधिको उपयोग बिस्तार गर्न
– स्वस्थ प्रतिष्पर्धा कायम गर्न
– नियमन तथा सुरपरीक्षेकीय लागत कम गर्न
– जनविश्वासमा अभिवृद्धि गर्न
– अन्य
९) नेपाल राष्ट्र बैंकले लिएको मर्जर तथा प्राप्ति नीतिका नकारात्मक पक्षहरु देख्नु भएको छ ?
– वित्तीय पहुँच सीमित गर्न सक्ने जोखिम
– प्रतिष्पर्धा सीमित गर्ने जोखिम
– खुद्रा गाहकहरुलाई वेवास्ता गर्ने जोखिम
– टु बिग टु फेल रिस्क
– वित्तीय सेवामा हुने नवप्रवर्तनलाई हतोत्साहित गर्दछ
– खासै नकारात्मक पक्ष छैन
– अन्य
१०) बैंकको आकार ठूलो हुनुका सकारात्मक पक्षहरु निम्नमध्ये के के हुन भन्ने लाग्छ ?
– वित्तीय लगानी क्षमता वृद्धि हुने
– कार्य सञ्चालन दक्षता वृद्धि हुने
– वित्तीय जोखिम वहन क्षमता बिस्तार हुने
– वित्तीय प्रविधिमा लगानी वृद्धि हुने
– नियमन तथा सुपरीवेक्षण लागत कम हुने
– जनविश्वास अभिवृद्धि हुने
– अन्य
११) बैंकको आकार ठूलो हुनुका नकारात्मक पक्षहरु के के हुन् ?
– टु बिग टु फेल रिस्क
– प्रतिष्पर्धा सीमित हुने जोखिम
– वित्तीय ग्राहकको हित प्रबद्र्धन नहुने जोखिम
– वित्तीय सेवामा हुने नवप्रवर्तनलाई हतोत्साहित गर्दछ
– अन्य
१२) नेपाल राष्ट्र बैंकले वित्तीय पहृुँच बिस्तार तथा वित्तीय क्षेत्र सुदृढिकरणका लागि थप के कस्ता सुधार गर्नुपर्दछ जस्तो लाग्दछ ?
– बैंक तथा वित्तीय संस्थाको शाखा बिस्तार
– पुँजीवृद्धि तथा मर्जरमा जाने
– सूचना प्रविधि जोखिम व्यवस्थापनमा जोड
– सुपरीवेक्षण पद्धतिमा सुधार
– डिजिटल भुक्तानी प्रणालीको थप विकास तथा प्रबद्र्धन
– अन्य
प्रतिक्रिया