अपि पावरको हकप्रद खुल्यो, आवेदन भर्न कसले पाउँछन ?

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
अपि पावर कम्पनी लिमिटेडले हमज जेठ २० गतेदेखि चुक्ता पूँजीको २९.३८ प्रतिशत हकप्रद शेयरबमे बिक्री खुला गरेको छ ।
 
पहिलो चरणमा ४७ प्रतिशत हकप्रद बिक्री गरेर दोस्रो चरणमा हकप्रद बिक्री गर्न लागेको कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गरेको हो। कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि बैशाख २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन् ।
 
हकप्रदमा लगानीकर्ताले मेरोशेयर सफ्टवेयर, नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका तथा तिनका शाखा कार्यालहरुका शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल कमलादी, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हकप्रदमा आवेदन दिने अन्तिम म्याद असार ९ गतेसम्म रहेको छ ।
 
हाल १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ रहेको कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशनपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त संस्थाले वित्तीय दायित्व पूरा गर्न जोखिममा रहेको संकेत गर्दछ ।