शाइन रेसुङ्गाको संस्थापक शेयरहिस्सा ५१% मा घट्यो, सर्वसाधारणमा १३ लाख कित्ता

शाइन रेसुङ्गाको संस्थापक शेयरहिस्सा ५१% मा घट्यो, सर्वसाधारणमा १३ लाख कित्ता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार, काठमाडौं । 
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर हिस्सा ५१ प्रतिशतमा घटाएको छ । बैंकले यसअघि सम्पनन साधारण सभाबाट गरेको निर्णय अनुसारको संस्थापक शेयर हिस्सा घटाएर साधारण शेयर हिस्सा अनुपातमा वृद्धि गरेको हो ।

नेप्सेका अनुसार बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । शेयर संरचना परिवर्तन पश्चात बैंकको संस्थापक साधारण शेयरको हिस्सा ५१ः४९ को अनुपात कायम भएको छ ।