बैंकिङ्ग समाचार ।
एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ।
वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ।
आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ।
बैंकको देशभरीका १८१ शाखाहरुमा यो योजना सञ्चालनमा छ।
बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया