आईजीआई प्रुडेन्सियलले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने


काठमाडौं – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो ।

बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा लाभांश उल्लेख गरिएको छैन । तसर्थ यस पटक कम्पनीले सेयरधनीलाई लाभांश दिने छैन ।

यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष २०७८/७९ मा ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो ।