मोलुङ हाईड्रोपावर ४५ लाख बढी नाफामा


काठमाडौं– मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरणमा ४५ लाख ७६ हजार नाफा कमाएको उल्लेख छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनी ५७ लाख ६२ हजारको घाटा थियो ।

नाफा कमाए पनि कम्पनीको विद्युत बिक्रीवाफतको आम्दानी भने घटेको छ । अघिल्लो वर्षँको समीक्षा अवधिसम्म ४ करोड १२ लाख विद्युत बिक्रीबाट आम्दनी गरेको कम्पनीले दोस्रौ त्रैमाससम्म ३ करोड ८४ लाख मात्र आम्दानी गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५७ रुपैयाँरहेको विवरणमा उल्लेख छ । साथै प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८६९.८१ गुणा छ ।