काठमाडौं – युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ५.७८९ लाभांश घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश कर तिर्न दिने निर्णय गरेको हो ।
कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया