सगरमाथा जलविद्युतको खुद नाफा ६ करोड माथि


काठमाडौं– सगरमाथा जलविद्युत् कम्पनीको खुद नाफा ६ करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बिक्री आम्दानी बढेसँगै खुद नाफा ६ करोड ५९ लाख रुपैयाँ पुगेको हो ।

गत वर्ष कम्पनीको यही अवधिमा खुद नाफा ५ करोड ४० लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी १५ करोड ९७ लाख रुपैयाँ थियो ।