मेरो माइक्रोफाइनान्सको नाफा घट्यो, ब्याज आम्दानीमा भने केही सुधार


काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ५.१४ प्रतिशत कम हो। गत आर्थिक वर्ष लघुवित्तले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । हाल लघुवित्तको खुद ब्याज आम्दानी १.१७ प्रतिशत बढेको छ।

लघुवित्तको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.८७ प्रतिशत पुगेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

हाल उक्त संस्थाको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड ९६ लाख रुपैयाँ राखेको छ। समिक्षा अवधिमा लघुवित्तले ११ अर्ब ५२ करोड निक्षेप तथा सापटीबाट १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।