शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न एचआईडिसीएलले धितोपत्र बोर्डमा दियो निवेदन

शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न एचआईडिसीएलले धितोपत्र बोर्डमा दियो निवेदन


बैकिङ्ग समाचार ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट लिमिटेड (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा गत चैत १२ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब रुपैयाँ  रहेको छ । हकप्रद निष्कासनपछि पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।  

यसअघि कम्पनीले हकप्रद निष्कासन गर्न आवेदन दिएपनि लामो समयसम्म आवश्यक विवरण उपलब्ध नगराएको भन्दै धितोपत्र बोर्डले पाइपलाइनबाट हटाएको थियो । 

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणमा ८० करोड ७२ लाख रुपैयाँ नाफा कमाएको बताएको छ ।