शिखर इन्स्योरेन्सले घोषणा गर्यो गत आवको लाभांश

शिखर इन्स्योरेन्सले घोषणा गर्यो गत आवको लाभांश


बैंकिङ्ग समाचार ।

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाइ वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले गत वर्ष जारी गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँको आधारमा लाभांश प्रस्ताव गरेको जनाएको छ । २०७७ असार मसान्तसम्म इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ थियो। सो पूँजी अनुसार इन्स्योन्सले ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।\"\"