३३ प्रतिशतले घट्यो ब्रोकर कसिमन, कारोबार शुल्क न्यूनतम १० रुपैयाँ मात्र लिन पाउने, अन्यमा कति ?

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल धितोपत्र बोर्डले पुस १२ गते आइतबारदेखि लागू हुनेगरी ६० प्रतिशतसम्म कारोबार शुल्क घटाएको छ । बोर्डले शुक्रबार निर्णय गर्दे नयाँ कमिशनदर सार्वजनिक गरेको हो ।

बोर्डले यस भन्दा अघि न्यूनतम २५ रुपैयाँ लिन पाउने व्यवस्थालाई संशोधन गर्दै १० रुपैयाँमा झारेको छ । सानो रकमको कारोवार गर्ने साना लगानीकर्ताहरुलाई कारोवार सेवा वापत लिदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत कटौती गरेको हो।

यस्तै सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्क ५० प्रतिशतले घटाएको छ । संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कटौति भएको छ।

शेयर कारोबारको कमिशनदरमा गरिएको पुनरावलोकनबाट शेयर, ऋणपत्र, सामूहिक लगानी योजना लगायत अन्य धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै नयाँ लगानीकर्ताहरु समेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने बोर्डको अपेक्षा छ ।

बोर्डले धितोपत्र कारोबार प्रणाली तथा सेवामा हुँदै गएको सुधार, अन्तर्राष्ट्रिय अभ्यास तथा अनलाईन कारोबारलाई प्रोत्साहन गर्न धितोपत्र दलाल व्यवसायी शुल्कलाई समसामयिक बनाइएको जनाएको छ ।

\"\"