मल्टिपर्पस फाइनान्सको साढे १७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

मल्टिपर्पस फाइनान्सको साढे १७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


बैकिङ्ग समाचार ।

मल्टिपर्पस फाइनान्सले पुस १७ गते शुक्रबारदेखि साढे १७ लाख कित्ता संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ ।

फाइनान्सले १७ लाख ५९ हजार ६२१ कित्ता शेयर माघ २ गतेसम्म आवेदन गर्न पाउनेगरी लिलामीमा ल्याउने भएको हो । कम्पनीले २०७६ असार २३ गतेदेखि भदौ ९ गतेसम्म जारी गरेको हकप्रदमा अवितरित भएको शेयर कम्पनीले लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक, सर्वसाधारण, तथा कानुन बमोजिम योग्य कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा प्याज नम्बर उल्लेख गर्नुपर्नेछ ।

शेयरमा न्यूनतम १ हजार कित्ता वो सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । तर राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले खरीद गर्न पाउने भनि तोकेको सीमाभन्दा बढी हुन नहुने जनाइएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज, सप्तरीबाट आवेदन दिन सकिनेछ । यस्तै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।