नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड


बैकिङ्ग समाचार । 

नेपाल फाइनान्स लिमिटेडले निष्कासन गरेको रु. १०० अंकित १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत कात्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक शेयर बराबर १.२५ (१ः१.२५)को अनुपातमा हकप्रद निष्काशन गरेको थियो । 

उक्त मितिसम्म रितपूर्वक आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको हो । यो हकप्रदको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।