काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, दमकमा, विद्यालयको सर्वाेदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा, कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको मार्गदर्शन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीहरूसँग जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीको सामना गर्ने तरिकाबारे प्रस्तुती गरेका थिए। उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार रहेको बताए।
त्यसैगरी, बैंकका ब्रान्डिङ÷सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा तथा उचित मार्गदर्शनका विषयमा प्रकाश पारेका थिए। उनले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्न, त्यसलाई चरणबद्ध योजनामा रूपान्तरण गर्न तथा निरन्तर सिकाई र आत्ममूल्याङ्कन मार्फत लक्ष्य तर्फ अघि बढ्न प्रेरित गरे।
कार्यक्रममा विद्यार्थीहरूसँग वित्तीय साक्षरता, बचत तथा लगानी सम्बन्धी आधारभूत ज्ञान, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारका विषयमा पनि व्यवहारिक उदाहरणसहित छलफल गरिएको थियो। विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने विषयमा जोड दिइएको थियो।
यसैगरी, विद्यार्थीको व्यक्तिगत तथा व्यावसायिक विकासमा मार्गदर्शक र विद्यार्थीबीचको सम्बन्ध तथा सही मार्गदर्शनको महत्वबारे पनि चर्चा गरिएको थियो। अनुभवी र विश्वासिलो व्यक्तिबाट समयमै मार्गदर्शन लिने, प्रश्न गर्ने, सुझाव ग्रहण गर्ने तथा सिकाईलाई व्यवहारमा उतार्ने अभ्यासले सही निर्णय लिन र आफ्नो लक्ष्यतर्फ अघि बढ्न सहयोग पु¥याउने विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअर सम्बन्धी सोच वक्ताहरूसँग छलफल गरेका थिए। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै वित्तीय सचेतना, व्यवहारिक जीवन, सीप तथा भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पु¥याउने बैंकले अपेक्षा गरेको छ। कामना सेवा विकास बैंकले वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्बन्धी विभिन्न पहल मार्फत विद्यार्थी युवा तथा समुदायमा वित्तीय चेतना, जिम्मेवार आर्थिक व्यवहार र जीवन उपयोगी सीपको विकासलाई निरन्तर प्रवद्र्धन गर्दै आएको छ।






About Us
प्रतिक्रिया