राहुगंगा जलविद्युत् आयोजनामा बाढीको क्षति


काठमाडौं – निरन्तरको वर्षापछि राहुगंगा नदीमा आएको बाढीका कारण राहुगंगा जलविद्युत् आयोजनाको संरचना तथा प्रसारण लाइनको टावरमा क्षति पुगेको छ।

बाढीका कारण आयोजनाको संरचना तथा विद्युत् प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको हो। क्षतिको अवस्था मूल्याङ्कन तथा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको छ।