काठमाडौं – डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक र एनएमसी मल्टिपर्पस को–अपरेटिभ लिमिटेडबीच रणनीतिक सहकार्य भएको छ। सहकार्यसँगै एनएमसी–कोअपका सदस्यले एउटै डिजिटल प्लेटफर्ममार्फत मोबाइल बैंकिङ्ग, डिजिटल भुक्तानी तथा डिजिटल कर्जालगायतका सेवा प्राप्त गर्ने भएका छन्।
एमबैंक र एनएमसी–कोअपबीच जेठ २९ गते सम्झौता भएको थियो। सम्झौताअनुसार साउन ७ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस सहकार्यबाट एनएमसी–कोअपका डेढ लाखभन्दा बढी सदस्य डिजिटल वित्तीय सेवासँग जोडिने भएका छन्।
सहकार्यअन्तर्गत एनएमसी–कोअपका सदस्यहरूले एमबैंकको डिजिटल माध्यमबाट बैंकिङ्ग, भुक्तानी तथा कर्जासम्बन्धी सेवा एउटै विद्युतीय प्रणालीमार्फत प्रयोग गर्न सक्नेछन्। डिजिटल वित्तीय सेवाको क्षेत्रमा विगत एक दशकदेखि निरन्तर सक्रिय एमबैंक र ठुलो सदस्य आधार भएको एनएमसी–कोअपबीचको यो साझेदारीले सहकारी क्षेत्रको डिजिटल रूपान्तरणलाई थप गति दिने अपेक्षा गरिएको छ।
यस सहकार्यसँगै एनएमसी–कोअपका सदस्यहरूले वित्तीय कारोबारलाई थप सहज, छिटो, सुरक्षित र प्रविधिमैत्री ढङ्गले सञ्चालन गर्न सक्नेछन्। साथै, नेपालको डिजिटल वित्तीय सेवाको पहुँचलाई देशभर विस्तार गर्नसमेत यस रणनीतिक साझेदारीले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
एमबैंक र एनएमसी–कोअपबीचको यो सहकार्यले सहकारीका सदस्यलाई आधुनिक वित्तीय प्रविधिसँग जोड्दै नेपालको डिजिटल वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउन नयाँ अवसर सिर्जना गरेको छ। एमबैंकले परम्परागत मोबाइल बैंकिङ्गको सीमाभन्दा माथि उठ्दै बैंकिङ्ग, भुक्तानी र कर्जालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने अवधारणा अघि बढाएको जनाएको छ।








About Us
प्रतिक्रिया