काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले पहिलोपटक भारतका राजदूतसँग एकल वार्ता गरेका हुन्। प्रधानमन्त्री शाहले आजै चीनका राजदूत चाङ चाङ माओमिङसँग पनि भेटवार्त गर्ने कार्यसूची रहेको छ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए।








About Us
प्रतिक्रिया