काठमाडौं – नेपाल बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार नाफामा गिरावट देखिएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २१ लाख नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले २ अर्ब ५६ करोड ६९ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा १६।३८ प्रतिशत बढी हो । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
हाल १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ ।






About Us
प्रतिक्रिया