एक अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ कायम, पाउन्डको २०२ भन्दा बढी


काठमाडौं – आज एक अमेरिकी डलरको खरिद मूल्य १५१.६४ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमय दर अनुसार डलरको बिक्रीदर १५२.२४ रुपैयाँ कायम छ ।

यस्तै, आज एक युरोको बिक्रीदर १७१.३८ रुपैयाँ र खरिददर १७०.७० रुपैयाँ छ । यसबाहेक, बेलायती स्टर्लिङ पाउन्डको बिक्रीदर २०२.९९ र खरिददर २०२.१९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलको बिक्रीदर १०५.९७ रुपैयाँ, जापानी येनको ९.६४ रुपैयाँ, चिनियाँ युआनको २२.७७ रुपैयाँ, साउदी रियालको ४०.५७ रुपैयाँ, कतारी रियालको बिक्रीदर ४१.७६ रुपैयाँ कायम भएको छ ।

यस्तै, मलेसियन रिङ्गितको बिक्रीदर ३७.३० रुपैयाँ कायम हुँदा दक्षिण कोरियाली वनको बिक्रीदर ११.४५ रुपैयाँ कायम छ ।