अघिल्लो वर्ष ऋणात्मक नाफा रहेको श्रीजनशील लघुवित्तले कमायो १ करोड बढि मुनाफा

अघिल्लो वर्ष ऋणात्मक नाफा रहेको श्रीजनशील लघुवित्तले कमायो १ करोड बढि मुनाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रीजनशील लघुवित्त ९क्ज्ीद्य० ले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १ करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को यसै अवधिमा यस कम्पनीको नाफा  ४७ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

यता, लघुवित्तको खुद ब्याज आम्दानी भने १९.२८% ले घटेर १२ करोड ५१ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले कम्पनीको खुद नाफा बढ्न सहयोग पुगेको हो । गत वर्ष ८४ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको यस कम्पनीले असार मसान्तसम्म १ करोड ५८ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खराब कर्जा ६.५१ प्रतिशतबाट घटेर ५.११ प्रतिशतमा झरेको छ ।

चालु आर्थिक वर्षमा लघुवित्तले नाफा बढाएर शेयरधनीलाई लाभांश वितरण गर्नसक्ने हैसियत बनाएको छ । तर उसको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै रहेकोले कम्पनीले लाभांश वितरण गर्न भने पाउदैन । वित्तीय विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षमा ८६ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।

यसअवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँ ९७ पैसाले बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ५१ पैसा रहेको छ ।