जनताको सुरक्षा पर्वको खुशीभन्दा माथिः एआईजी दानबहादुर कार्कीको दसैं


काठमाडौं – नेपालीहरूको महान् चाड दसैंको तयारीमा अधिकांश कर्मचारी गाउँ फर्किएर बिदा मनाउने योजना बनाउँछन् । तर, नेपाल प्रहरीका वरिष्ठ अधिकारी एआईजी दानबहादुर कार्कीका लागि दसैं भने कार्यालयमै बित्ने चुनौतीपूर्ण दिनहरू हुन् । सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी बलका लागि यस वर्षको दसैंको माहोल विगत वर्षहरूको जस्तो हर्षोल्लासपूर्ण छैन । जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थिति, जनधनको क्षति, र नागरिक मनमा रहेको निराशाले पर्वको रौनकलाई कम गरेको छ । आन्दोलनका क्रममा ५९ जना नागरिकले जीवन गुमाए, भने तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाएका थिए ।

त्यसैगरी, आन्दोलनको मौका छोपी भागेका कैदीमध्ये करिब ६ हजार अझै कारागार बाहिर रहेका छन् । यस्तो संवेदनशील अवस्थामा प्रहरीको सतर्कता अझ बढाइएको छ । दसैंको अवसरमा सार्वजनिक स्थल, भीडभाड हुने क्षेत्र, यात्रु आवागमन हुने स्थान तथा संवेदनशील क्षेत्रमा विशेष सुरक्षाकर्मी परिचालन गरिएको छ । एआइजी दानबहादुर कार्कीले आफ्नो दसैं कार्यालयमै बिताएका छन् । त्यो ड्युटीको आवश्यकता मात्र होइन, उनका लागि जिम्मेवारी र समर्पणको प्रतीक हो । दसैंको रौनक कम भए पनि, उनी र उनका सहकर्मीहरूको सतर्कता र मेहनतले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको छ ।

देशमा आएको विषम पस्थिति २ साता पनि नबित्दै आएको दसैंले गत वर्षमा जस्तो हर्ष उल्लास नल्याएको प्रहरी निकाय अगिल्ला वर्षहरूको जस्तै यसपाली पनि जालेका प्रहरी कार्यालयबाट नै नगारिक सुरक्षामा खटिएका छन् । विषम परिस्थिति पछिको प्रहरीको दसैंलाई सुरक्षित पार्न अहोरात्र खटिएका प्रहरीको सूचीमा आउने नाम पनि हो, दान बहादुर कार्की ।
गुल्मीको मालिका गाँउपालिका–७ मा जन्मिएका नेपाल सरकारको सेवामा काम गर्नुपर्छ भन्ने मान्यता भएको समाजबाट आएकाले पहिलो जागिर नै नेपाल प्रहरीबाट सुरु गरेका थिए । यतिबेला उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखका रुपमा रहेर नागरिकलाई सुरक्षा प्रदान गरिरहेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीका अनुसार प्रहरीको जागिर एउटा जागिर भन्दा पनि नागरिकको सेवा गर्ने एक अवसर हो । त्यसैले गर्दा प्रहरीहरूलाई कुनै पनि चाडपर्व नलाग्ने उनी बताउँछन् । यसपालिको दसैं अघिल्ला वर्षहरूको तुलनामा सबै नागरिकका लागि अलि बढी संवेदनशील हुने उनी बताउँछन् ।जेनजी आन्दोलनका क्रममा सर्वसाधारणहरू र प्रहरीहरूले समेत सहादत प्राप्त गरेको अवस्थामा दसैंलाई उल्लास रूपमा मनाउने अवस्था हुदैन् । दसैंको मुखमा आएर देशमा यस्तो विषम स्थितिको सिर्जना भएको छ । सुरक्षाको हिसाबले हेर्दा प्रहरीको मुलुकभरका कार्यालयहरू जलेका छन् । प्रहरीको बस्ने खाने स्थान नै नुहुँदा नहुँदै पनि नागरिकको सेवामा अहोरात्र खटिएका छन् ।

यसरी प्रहरीले भवन नभए पनि भावनाका साथ जुटेर सवारी साधन नभएता पनि शारीरिक बलले नै अन्य समयमा भन्दा बढी खटिएर नागरिकको सुरक्षामा काम गर्न प्रतिबद्ध छ । अहिले प्रहरीको सबै जनशक्ति नगर, गाउँ र बस्तीहरूमा विस्तार भइसकेको छ । त्यस्तै, नागरिकहरूले पनि ऐतिहासिक रूपमा नै यस वर्ष प्रहरीलाई सहयोग गरेका छन् । जुन प्रहरीलाई अत्यन्तै उत्प्रेरणा दिलाउने किसिमको रहेको छ । समाजको विकास, उन्नति, प्रगतिका साथै नागरिक आत्मबलका लागि समेत प्रहरीको उपस्थिति, अपरिहार्य रहेको कार्की बताउँछन् ।

नागरिकहरूको सहयोगले प्रहरीलाई आवश्यक भवनहरू, सामानहरू प्रदान गरी अन्य कार्यालयहरूभन्दा छिटो प्रहरीका कार्यालयहरू पून स्थापित गर्ने सहयोग गरेका छन् । यो इतिहासमा नागरिकले प्रहरी हाम्रै हो भने भावनाका साथ सहयोग गरेकाले नागरिकको प्रहरी प्रतिको सद्भाव यस आन्दोलनले देखाएको छ । ‘ती प्रहरीका कार्यालयहरूबाटै नै यस दसैंमा नागरिकको सुरक्षाका कामहरू गर्नुका साथै नागरिक सुरक्षाका निम्ति जुटेकाले गर्दा यस वर्षको दसैं पनि सुरक्षित नै हुन्छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर चल्ने सवारी साधनका यात्रुहरूको सहजताका लागि, चोरीका घटनाहरू नहोस्, दुर्घटना नहोस् भन्दै, काठमाडौं उपत्यका भित्रका सबै ठाउँमा नागरिक सहयता कक्षको स्थापना गरिएको छ ।’

दसैंको समयमा चोरी, लुटपाट, ठगीका घटनाहरू विभिन्न किसिमका समस्या पर्ने भएकाले नागरिकका सुरक्षाका लागि प्रहरी र ट्राफिक प्रहरीको मिलेमतोमा यात्रु सहायता कक्षको स्थापना गरी प्रहरीहरू तैनाथ गरिएको उनी बताउँछन् । नागरिकले जेनजी आन्दोलनका क्रममा प्रहरीको कार्यालयमा भएको क्षतीलाई आफ्नो घरमा नै भएको क्षेतीहरूलाई जस्तो गरेर काम गरेको उनले बताए । मुलुकमा भएको क्षेतीहरूलाई पनि आफ्नो क्षेती जस्तै मानी अब यस्तो क्षेती नगरेमा नागरिकको सुरक्षाको व्यवस्था राम्रोसँग गर्ने सकिने उनी बताउँछन् । यस वर्षको दसैं र तिहारमा आएको अद्भुत चेतना, सुरक्षा प्रतिको चाहना साथै प्रहरीको समेत जागिरको अपेक्षा अनुसारको काम गर्नुपर्छ, भने भावनाले गर्दा यो दसैं शान्तिपूर्ण हुनेछ । प्रमुख कार्कीका अनुसार नेपालीहरूको महान् पर्व दसैं आफ्नो गक्ष अनुसार कुनै तडकभडक नगरी हाम्रो संस्कृति महतत्वलाई ध्यानमा राखेर चाडपर्व मनाउनुपर्छ ।

सर्वसाधारणले आफ्नो गक्ष अनुसार आफ्नो परिवार र आफन्तहरूको बीचमा दसैं मनाउँछन् । ‘उनीहरूले आफ्नो सांस्कृतिक परम्परा रीतिरिवाज अनुसार समाजमा बसेर दसैं मनाउने गर्छन्, तर प्रहरीको दसैं भने सबै सर्वसाधारणहरूले शान्ति पुन सुरक्षित दसैं मनाउन पाउनुहोस् भन्ने मान्यता अनुरूप प्रहरीको सम्पूर्ण समर्थ खचिएको हुने गर्छ,’ उनले भने,‘ खासमा प्रहरीहरूको लागि कुनै चाडपर्व आउदैन्, प्रहरीहरू जुनसुकै चाडपर्व आउँदा पनि सर्वसाधारणले पर्व हर्षोल्लासपूर्ण होस् भन्दै सुरक्षाका लागि खटिने गर्छन् ।’

प्रहरीको सेवा नागरिकलाई खुसी प्रदान गर्ने खटिने क्षेत्र हो । प्रहरी एउटा पेसा नभएर सेवा भएका कारणले गर्दा प्रहरीले दसैं मान्न पाउने वा नपाउने भने विषय नै नहुने कार्की बताउँछन् । उनका अनुसार दसैं मान्ने सर्वसाधारणका लागि साबद्ध वातावरण सिर्जना गर्ने काम प्रहरीको हो । प्रहरी दसैंका अवस्थामा ब्यारेकमा नै बस्ने, अन्य समयको भन्दा बढी ड्युटी गर्ने उनी बताउँछन् । दसैंका समयमा अन्य समयमा भन्दा बढी आपराधिक क्रियाकलापहरू समेत हुनुका साथै, जुवातास खेल्नेहरू बढ्ने, चोरी लुटपाट समेत बढी हो अवस्था भएकाले गर्दा बढी समय खटिनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

प्रहरीहरूको कुनै पनि निकायका कुनै पनि प्रहरी अधिकृतहरूले दसैंमा छुट्टी पाउँदैनन् । सर्वसाधारणले दसैं मान्न सुरक्षा दिने भएकाले प्रहरीलाई दसैंमा छुट्टी पाउँदैन । दसैंको बेलामा खटिएको स्थान वरिपरि आफ्नो केही आफन्त भएमा टिकाको दिनमा गएर उनीहरूसँग केही समय दसैं मान्ने गर्छन् । तर छुटी भने प्रहरी कर्मचारीहरूले पाउँदैनन् ।अगिल्ला वर्षहरूमा जस्तै यसपालि पनि प्रमुख कार्कीको दसैं प्रहरी कार्यालयमा नै बित्ने बताउँछन् । आफ्ना परिवारहरूलाई पनि सम्भावना भएसम्म यहाँ नै बोलाएर प्रहरीहरू सँग नै दसैं मनाउने योजनामा उनी छन् ।

२०५४ चैत १८ मा प्रहरी निरीक्षक रुपमा प्रहरीमा नियुक्त भएपछि अहिलेसम्म एक चोटि पनि दसैंमा घर नगएको उनी बताउँछन् । प्रहरीको लागि गाउँघर नै प्रहरी कार्यालय हुने उनले बताए । ‘आम प्रहरीको जस्तो दसैं हुने गर्छ मेरोे पनि यस्तै दसैं हुन्छ,’ उनले भने,‘ अहिलेसम्म स्वदेश वा विदेशमा जहाँहुँदा पनि दसैं मनाए सबै स्थानमा हुँदा घर नगई आफ्नै वरिपरिका साथीभाइसँग प्रहरी ब्यारेकमा प्रहरी कार्यालयमा नै दसैं मनाउँदै आएको छु । ’

यदि कुनै प्रहरी अधिकृतलाई दसैंमा घर जानै पर्ने स्थिति सिर्जना भएमा उसको जिम्मेवारी अर्को प्रहरीलाई दिएर उक्त ड्युटीपछि गर्ने गरी पठाउने गरिएको उनी बताउँछन् । लगभग १० हजार प्रहरी उपत्यकामा रहेका छन् । यस दशैंमा प्रहरीको जति छ सबै प्रहरीहरू परिचालित भइसकेको उनले बताए । सम्पूर्ण प्रहरी कार्यालयमा भएका प्रहरीहरू खटिन्छ । प्रहरी हेट क्वाटरमा भएका प्रहरीलाई अन्य बिट वा कार्यालयमा भएका प्रहरीलाई भन्दा सहज हुने गरेको छ ।

दसैं तिहारमा मनोरञ्जनका नाममा जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने विगतका वर्षहरूमा हुने गरेका थियो, तर यसपालि यस्ता क्रियाकलाप गर्ने सर्वसाधारणलाई उनले अपिल गरेका छन् । सृजनशील क्रियाकलाप गरेर दसैं मनाउन आग्रह समेत गरेका छन् । तर जुवातास जस्ता कानुनले कारबाही गर्ने पक्षमा लागेमा कानुनी दायरमा ल्याएर कारबाही गरिने समेत उनी बताउँछन् । दसैं जस्ता चाडपर्वमा सृजनशील क्रियाकलाप गरेर दुखी गरिब जनतालाई दान गरेर आफ्नो संस्कृत जोगाउने काम गर्न समेत उनले अपिल गरेका छन् ।

प्रहरी कार्यालयहरूमा कार्यालय प्रमुखले दसैंको टिकाको दिनमा आफ्ना सँगै काम गर्ने सहकर्मीहरू सँग मिलेर बसेर टिका जमरा लगाउने गरिन्छ । दसैंमा मौलो पुजा हुन्छ । मौलो पूजा नेपाली सुरक्षाकर्मीहरूबीच  एक विशेष धार्मिक र सांस्कृतिक विधि हो, जसमा हातहतियारहरू—जस्तै राइफल, पेस्तोल, लाठी, लगायतका सुरक्षा उपकरणहरूलाई पवित्र मानेर पूजाआर्चना गरिन्छ। यो पूजा विशेषतः दसैंको  अष्टमी वा नवमीका दिन गरिन्छ। उनका अनुसार पूजा कर्तव्यप्रति समर्पण, शक्तिप्रति श्रद्धा, र राष्ट्र सेवाको भावना अभिव्यक्त गर्ने परम्परा हो । 

‘मौलो’ भन्नाले हातमा बाँधिने सुरक्षाको प्रतीक डोरो जनाए पनि, प्रहरी सन्दर्भमा यसको अर्थ शक्तिको सम्मान र कर्तव्यप्रति निष्ठा हो।नेपाल प्रहरी मुख्यालय, नक्साल , प्रदेश प्रहरी कार्यालयहरू (प्रदेश १ देखि ७ सम्म), सशस्त्र प्रहरी बलका केन्द्रीय र क्षेत्रीय कार्यालयहरू, महाराजगञ्ज, कावासोती, झापा र सुर्खेत प्रहरी तालिम केन्द्रहरूमा मौलो पूजा गर्ने गरिन्छ । त्यसपछि टिका जमरा लगाएर कार्यालय प्रमुखले कनिष्ठ साथीभाइलाई टिका लगाएर अर्शिवाद दिने गरिन्छ ।

हाम्रो सांस्कृतिक क्रियाकलापलाई फैजी परम्परा अनुसार जीवन्त राख्न गरिएको उनी बताउँछन् । प्रहरी कार्यालय आफ्नोलाई परिवार नै भएको कार्की बताउँछन् । उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख भएकाले गर्दा सबैलाई टिका लगाइदिनुपर्ने हुन्छ ।