काठमाडौं – विगतमा मारपिट, चोरी, डकैती, ज्यान मार्ने जस्ता फौजदारी गतिविधिमा संलग्न रहेका ‘गुन्डा नाइके’ वित्तीय अपराधमा सक्रिय हुन थालेका छन्। राजनीतिक दल र प्रभावशाली नेताको संरक्षणमा खुलेआम हिँडिरहेका कुख्यात डनहरू छोटो समयमा नै पालैपालो प्रहरीको फन्दामा परे । आपराधिक गतिविधिबाट चर्चित बनेका कुख्यात डनहरूको संलग्नता ‘वित्तीय अपराध’मा जोडिन थालेको देखिएको छ । विगतमा फौजदारी आपराधिक पृष्ठभूमि बनाएका र पछिल्लो समय वित्तीय अपराधमा जोडिएका डनहरू हुन्, राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) र कविराज कटुवाल।
धम्कीमार्फत पैसा उठाउँदै आएको आरोपमा राजु गोर्खाली र कविराज कटुवाललाई प्रहरीले पक्राउ गर्याे । यी डनहरूको मुख्य स्रोत नै वित्तीय अपराध बनेको देखिन्छ । उनीहरूले अवैध आम्दानीलाई वैध देखाउन होटेल, व्यवसाय, सहकारी र वैदेशिक रोजगार कम्पनीमार्फत पैसाको बहाव गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना वित्तीय अपराधमा पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार राजु गोर्खालीलाई पक्राउ गरी थप अनुसन्धान गर्न अदालतबाट ५ दिन म्याद थप गरिएको थियो । भने कटुवाललाई पनि पक्राउ गरी ५ दिन म्याद थप गरेर प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।
अहिले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका गोर्खाली उपत्यकाको गुण्डागर्दीमा पुराना हुन्।
बैंकिङ्ग कसुरको मुद्दामा पक्राउ परेका गोर्खालीलाई अहिले भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । उनको १० करोडको चेकबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । भने कटुवाललाई मिटर ब्याजमा लगानी गरेर रकम असुलेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको छ । अहिले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका गोर्खाली उपत्यकाको गुण्डागर्दीमा पुराना हुन् । यसअघि उनी पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए । चाबहिल र सुनधारा क्षेत्रमा गुण्डागर्दी गर्ने गोर्खाली सुरुमा २०४९ साल पुसमा सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए ।
त्यसपछि उनको पक्राउ पर्ने शृङ्खला अझै रोकिएको छैन । उनी यसअघि सरकारी छाप दस्तखत क्रीते मुद्दा, काठमाडौं मलको भाडा विवादमा पक्राउ परेका थिए । गोर्खाली जति पटक पक्राउ परेता पनि पार्टीका नेताहरूको छत्रछायामा रहेका उनी पटक पटक पक्राउ पर्दै छुट्दै आइरहेका छन् ।
साथै, प्रहरीले मिटर ब्याजमा लगानी गरेको आरोपमा मकवानपुरबाट पक्राउ परेका कटुवालले करिब ५ करोड रुपैयाँ असुलेको पीडितको जाहेरीमा उल्लेख छ । रेडिमेड कपडा तथा जुत्ताको व्यापार गर्दै आएका एक व्यापारीले १ करोड ४० लाख लिएको भए पनि कटुवालले २८ महिनामै ४ करोड ८६ लाख असुलेको आरोप लगाएका छन् ।
त्यस्तै, डनहरूमध्ये चर्चित व्यक्ति (यसअघि प्रदेश सांसद समेत भइसकेका) दीपक मनाङे ०६० सालमा पहिलो पटक पक्राउ परेका थिए ।
कटुवालले मन्त्रीदेखि गृहमन्त्री, प्रधानमन्त्री, प्रहरीका उच्च तहका अधिकारीहरू: जस्तै आइजिपी, उच्च तहका नेता लगायतसँग खिचेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई ‘उच्च पहुँच भएको व्यक्ति’ देखाएर मिटर ब्याज धन्दा चलाएको आरोप उनीमाथि छ । पीडितले उनलाई सन् २०२३ देखि २०२५ सम्ममा करिब ५ करोड फिर्ता गर्दा पनि अझै धम्की दिएर रकम माग्ने गरेको प्रहरीले जनाएको छ ।
अर्का डन चक्रे मिलन र रेस लामा भनिने गोपाल मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको थियो । हाल चक्रे मिलनलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरिए पनि उनको विगत वित्तीय अपराधमा जोडिएको देखिन्छ । विभिन्न पार्टी र पार्टीका व्यक्तिहरूसँगको राम्रो सम्बन्धका कारणले गर्दा उनीहरू पक्राउ परे पनि थुनामुक्त हुँदै आइरहेका छन् । केही समय अघि पक्राउमा परेका चक्रे मिलन त धरौटी बुझाएर थुना मुक्त भइसकेका छन् । साउन १५ गते महाराजगन्जस्थित साम्बाला होटेलमा जन्मदिन मनाइरहेका बेला काठमाडौं जिल्ला प्रहरी परिसरले चक्रे मिलनलाई पक्राउ गरेको थियो ।
धम्कीमार्फत पैसा उठाउँदै आएको आरोपमा राजु गोर्खाली र कविराज कटुवाललाई प्रहरीले पक्राउ गर्याे । यी डनहरूको मुख्य स्रोत नै वित्तीय अपराध बनेको देखिन्छ ।
त्यस्तै, डनहरूमध्ये चर्चित व्यक्ति (यसअघि प्रदेश सांसद समेत भइसकेका) दीपक मनाङे ०६० सालमा पहिलो पटक पक्राउ परेका थिए । उनी त्यस बेलामा काठमाडौंको ठमेल क्षेत्रमा जबरजस्ती रकम असुल्ने गरेको अभियोगमा पक्राउ परेका थिए । हाल उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर डिल्ली बजार कारागार चलानमा छन् ।
विगतमा रंगदारी, अपहरण, गुण्डागर्दी र हिंसात्मक अपराधमा मात्र सक्रिय देखिएका यी समूह अहिले सजिलै पैसा कमाउने माध्यमको रूपमा वित्तीय अपराधतर्फ आकर्षित हुन थालेको देखिन्छ । राजनीतिक संरक्षण र कानुनी फन्दाबाट उम्किन सक्ने आत्मविश्वासले उनीहरूलाई यस्तो अपराधतर्फ उन्मुख बनाएको सरोकारवाला बताउँछन् । हालै राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका केही चर्चित डनहरू वित्तीय अपराधमा संलग्न रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।





About Us
प्रतिक्रिया