जनकपुर – धनुषामा टिपर दुर्घटना हुँदा क्रसर उद्योग सञ्चालकको ज्यान गएको छ। मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय हरि महतो रहेका छन्।
प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा पल्टिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लिगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन्।






About Us
प्रतिक्रिया