हुण्डी कारोबारको हब बन्दै नेपाल


काठमाडौं – छोटो समयमा नै धेरै पैसा कमाउने आसले सरकारले गैरकानुनी धोषित गरिसकेका अवैध क्रियाकलाप गर्नेहरूको संख्या बढिरहेको छ । तर, बढी रकम आर्जन गर्ने आसले आफूसँग भएको पैसा समेत गुमाउनेको संख्या समेत उल्लेख्यरुपमा बढ्न थालेको छ । पछिल्लो समय प्रहरीमा पर्ने उजुरीका आधारमा हुण्डीको कारोबार उल्लेख्यरुपमा बढ्न थालेको हो ।

हुण्डी कारोबारको पछिल्लो तथ्यलाई हेर्दा नेपाल हुण्डी कारोबारको हबमा परिणत हुँदै गएको पाइन्छ । पछिल्ला सात आर्थिक वर्षको तथ्यांकलाई हेर्दा वर्षेनी हुण्डी कारोबारको अभियोगमा प्रकाउ पर्नेहरुको संख्या र बरामद रकम बढी रहेको छ । ७ आर्थिक वर्षको अवधिमा हुण्डी कारोबारमा १४७ जना स्वदेशी र ५६ जना विदेशी नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट यस अवधिमा मात्र २७ करोड २१ लाख २२ हजार रुपैयाँ बरामद गरिसकेको छ ।

प्रहरीको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७५/२०७६ मा ६ जना प्रकाउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले ४१ लाख १२ हजार रकम बरामद भएको थियो । आव २०७६/२०७७ मा २० जना स्वदेशी र १८ जना विदेशी नागरिक पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले १ करोड ८१ लाख ६२ हजार रकम बरामद गरेको थियो ।

आव २०७७/२०७८ सालमा नेपालमा कोरोना महामारीको जोखिम थियो । उक्त समयमा मुलुकबाट अन्य मुलुकमा जान वा आउन बन्देज गरिएको थियो । मुलुकमा आर्थिक मन्दीको अवस्था सिर्जना हुन पुगेको थियो । उक्त आवमा १३ जना स्वदेशी र १२ जना विदेशी नागरिक हुण्डी कारोबारमा पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले २ करोड १७ लाख ९९ हजार रकम बरामद भएको थियो । 

विभिन्न कारणले आर्थिक मन्दीको अवस्था सिर्जना हुन पुग्यो । जसले गर्दा यस्ता अवैध कामतर्फ नागरिकहरुको ध्यान पुग्यो । आव २०७८/२०७९ मा १३ जना स्वदेशी र १२ जना विदेशी नागरिक पक्राउ परेका थिए । उनीहरुको साथबाट १ करोड ८६ लाख ४३ हजार रकम बरामद भएको थियो । आव २०७९/२०८० मा २५ जना स्वदेशी र ६ जना विदेशी पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले २ करोड ५२ लाख ३१ हजार रुपौयाँ बरामद गरेको थियो । 

आव २०८०/२०८१ मा २७ जा स्वदेशी र २ जना विदेशी नागरिक पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले १३ करोड ४८ लाख ८६ हजार रुपौयाँ बरामद गरेको थियो । चालु आव २०८१/२०८२को चैत सम्ममा हुण्डी कारोबार गरेको अभियोगमा ५१ जनालाई प्रकाउ गरेको छ । जसमा ४५ जना स्वदेशी र ६ जना विदेशी नागरिक रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ५ करोड ९२ लाख ८९ हजार रूपैयाँ बरामद गरेको छ ।