कुमारी बैंकले ल्यायो पैसा डबल हुने मुद्दती खाता, १ करोडसम्मको जिवन बीमा सुविधा

कुमारी बैंकले ल्यायो पैसा डबल हुने मुद्दती खाता, १ करोडसम्मको जिवन बीमा सुविधा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुने बैंकले जनाएको छ ।

नेपालमै पहिलो पटक जीवन बीमा सुविधा सहितकोे मुद्दती निक्षेप योजना सार्वजनिक गरेको बैंकले कुमारी जीवन बिमा २ एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको अवधिक जीवन बिमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने जनाएको छ ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखिको मुद्दति खाता खोल्न सक्नेछन् । सो योजनाअन्तर्गत मुद्दति निक्षेपकर्ताले अधिकतम १ करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् । यस याेजनामा ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले बताएकाे छ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ ।

कुमारी बैंकले देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।