बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको शेयर सूचीकृत भएको छ । साविकको सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति पश्चात कायम भएको थप शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेन्चुरी कमर्सियल बैंकलाई एक बराबर एकको अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको १० करोड ७७ हजार १९८.८५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार दोस्रो बजारमा किनबेच गर्न मिल्ने गरी उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लगानीकर्ताले यो शेयर भोलि अर्थात् बिहीवारदेखि कारोबार गर्न सक्नेछन् । अब सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीको हितग्राही खातामा प्रभु बैंकको नामबाट शेयर देखिनेछ । यस्तै नेप्सले सेन्चुरी कमर्सियल बैंकको सूचीकरण पनि खारेज भएको जनाएको छ ।
प्रतिक्रिया