बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रवार नबिल बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया