हिमालयन बैंकको ७ करोड ६५ लाख बढि शेयर नेप्सेमा सूचीकृत

हिमालयन बैंकको ७ करोड ६५ लाख बढि शेयर नेप्सेमा सूचीकृत

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ ।

साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको शेयर नेप्सेमा सूचीकृत भएको हो । हिमालयन बैंकले साविक सिभिल बैंकलाई १ बराबर शून्य दशमलव ८० को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकोे कुल ७ करोड ६५ लाख ३ हजार ९१८ दशमलव ४९ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

उक्त शेयर आइतबारदेखि नै कारोबारमा आउनेछ । अब सिभिल बैंकका शेयरधनीको शेयर हिमालयन बैंकको नामबाट खातामा देखिनेछ । यससँगै साविकको सिभिल बैंकको शेयर सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।