बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ ।
योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिने बैंकले जनाएको छ । बैंकको अनुसार उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ ।
यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रुपेयाँसम्मको क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ । यो क्यासब्याक योजना चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो । सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु संचालनमा रहेका छन् ।
प्रतिक्रिया