देशैभरी वित्तिय संस्थाविरुद्ध ऋणिहरुको आन्दोलन, वित्तीय क्षेत्रको समस्या समाधान गर्न सरकारले ठोस निर्णय गर्ने प्रधानमन्त्रीको आश्वासन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
देशैभरी भइरहेको वित्तिय संस्थाविरुद्धको आन्दोलनले आफुहरु चिन्तित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने उनले आश्वासन दिएका छन् । आइतबार सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सरोकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् । 

उनले व्यवसायीहरुसँग भनेका छन, ‘वर्तमान वित्तीय अवस्थाबारे सरकार चिन्तित छ, यसको विषयमा सरकार गम्भीर भएर अगाडी बढ्नेछ ।’ 

यसका साथै बैंकको ब्याजदर घटाउन र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटाएर लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रले आग्रह गरेका छन । सिंहदरबारमा भएको सोही छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् ।