लघुवित्तलाई १५% भन्दा बढी ब्याज नलिन राष्ट्र बैंकले गर्यो निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई १५ प्रतिशतभन्दा बढी ब्याज नलिन निर्देशन दिएको छ । हिजो मंगलबार एक सूचना जारी गरि राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएको भएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तिय ग्राहक संरक्षण इकाइमा उजुरी गर्न आग्रह गरेको हो । 

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था रहेको भन्दै राष्ट्र बैंकले हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नभएको स्पष्ट पारेको छ ।

‘सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन्’, ‘यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।’ राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको वित्तीय चेतना सम्बन्धि सूचनामा भनिएको छ ।

लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न आग्रह गरिएको छ ।