हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी सुरु गर्यो एकिकृत कारोबार

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी सुरु गर्यो एकिकृत कारोबार

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक लिमिटेड” को नामबाट आज मिति २०७९ फाल्गुण १२ गते शुक्रबारको दिनदेखि एकिकृत कारोबार शुभारम्भ गरेकोे छ ।

हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका थिए । उनले यस प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगैं अगाडि बढ्नका लागि भएको बताएका छन् । 

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्ब रहने छ भने बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब रहने छ । यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ब्त्ः द्यययतज हरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । 

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए ।

त्यसै गरी सिभिल बैंक लिमिटेडका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेकोे बताए । उनले आगामी दिनहरुमा बैंक आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रबिधियुक्त सेवा सुबिधा प्रदान गर्नका लागि केन्द्रित हुने बताएका छन् ।

कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्थलाई धन्यबाद ज्ञापन गरेका थिए । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको संचालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै संचालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्ड बहादुर श्रेष्ठ नै रहने छन् । त्यसै गरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा रहने छन् । 

प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १ः०.८०२८ शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)मा प्राप्ति गरेको हो ।

\"\"