एनआईसी एशिया बैंकले सुरु गर्यो फोनलोन सेवा, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले सहजै कर्जा प्राप्त गर्ने

एनआईसी एशिया बैंकले सुरु गर्यो फोनलोन सेवा, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले सहजै कर्जा प्राप्त गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी NIC ASIA Foneloan सेवा शुभारम्भ गरेको छ । 

नवीनतम प्रविधिमा आधारित रहेर आधुनिक बैंकिङ्गलाई आत्मसात गरी आम जनमानसको बैंकिङ्ग अनुभवलाई सहज बनाइरहेको यस बैंकले ल्याएको उक्त सेवाबाट ग्राहक महानुभावहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन् । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहक महानुभावहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन् । साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकहरुको NIC ASIA MoBank एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ । 

कर्जा लिन योग्य ठहरिएमा ग्राहकले NIC ASIA MoBank मा log in गरी त्यहाँ उल्लेखित NIC ASIA Foneloan आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

‘डिजिटल फष्ट’ रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लेटफर्ममार्फत अघि बढाइरहेको छ । जसअनुसार ग्राहकहरूले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।