बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले पुस १ गतेदेखि नै लागू हुनेगरी शेयर रजिष्ट्रार नियुक्त गरेको बताएको छ ।
त्यस अनुसार अब उक्त कम्पनीको शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले गर्नेछ ।
प्रतिक्रिया