हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि भयो सुरु

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि भयो सुरु

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् । 

प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्तिपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा हिमालयन बैंककै अशोक राणा रहनेछन् ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । पुँजीको आधारमा नेपालको छैटौं ठूलो बैंक भएको छ ।

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ ।