काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनी मनोज बरालको नाममा रहेको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आजकाे मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ…