नेरुडे मिर्मिरे लघुवित्तको साढे १ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि १ लाख ४९ हजार ५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक शेयरधनीहरूको र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

जसका लागि ९२ हजार ८८३ कित्ता संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र र ५६ हजार १६८ कित्ता शेयर खरीद गर्न चाहने सर्वसाधारणले १५ दिनभित्र भक्तपुरको लोकन्थलीस्थित कम्पनीको कर्पोरेट कार्यालयमा दिनु पर्नेछ।