कालिका लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त


काठमाडौं – पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा दिवस ढकाल नियुक्त भएका छन्।

संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई २०८३ असोज १ गतेदेखि लागू हुने गरी डिसीईओमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ।

स्याङ्जामा जन्मिएका ढकालसँग विभिन्न लघुवित्तमा काम गरेको अनुभव छ । यसअघि उनले मातृभुमी लघुबित्त वित्तीय संस्था लिमिटेडमा एजिएमको जिम्मेवारी सम्हालेका थिए। २०८२ जेठ १ गतेबाट ढकाल कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा वरिष्ठ प्रबन्धकको जिम्मेवारीमा छन्।