काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने भएको छ। कम्पनीको शेयर कारोबार यही भदौ २१ गते आईतबारदेखि रोक्का हुने भएको हो।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया सम्पन्न गरी भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीयको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएकाले शेयर कारोबार रोक्का गर्ने भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ।






About Us
प्रतिक्रिया