कृषि मन्त्रीको निर्णय: डीडीसी कर्मचारीको सित्तैमा दूध-घिउ खाने दिन सकिए, वार्षिक ७८ लाख जोगिने

काठमाडौं– सरकारी संस्थानहरूमा वर्षौंदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम चालेकी छन् । दूग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिएकी हुन् । डीडीसीका कर्मचारीहरूले नियमविपरीत र अनावश्यक रूपमा दैनिक दूध र मासिक रूपमा…