काठमाडौं – राष्ट्रिय योजना आयोगका सदस्य डा.सञ्जय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको जगमा दीर्घकालीन सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्ने आयोजना तथा कार्यक्रम एवम् नीतिगत सुधारको जग निर्माण गर्ने बताएका छन्। नेपाल व्यवस्थापन सङ्घले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आयोजना गरेको छलफलमा आचार्यले आयोगले भने,‘वर्तमान सरकारसँग आम जनताको ठूलो आशा…