कर्मचारीका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेले कोरे ‘लक्ष्मण रेखा’: व्यक्तिगत गुनासो सामाजिक सञ्जालमा पोख्न नपाइने

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयले कर्मचारीको व्यवहार, कार्यशैली र डिजिटल गतिविधिसम्मलाई नियमन गर्ने गरी कर्मचारी आचारसंहिता, २०८३ लागू गरेका छन्।  अर्थमन्त्रीबाट ०८३ वैशाख ४ मा स्वीकृत उक्त आचारसंहिताले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीलाई निष्पक्ष, पारदर्शी, अनुशासित र सेवामुखी बनाउने लक्ष्य राख्दै निर्णय प्रक्रियादेखि व्यक्तिगत आचरणसम्म कडाइ गरेको हो। अब कुनै पनि निर्णय गर्दा…