पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउदै प्राधिकरण, २० अर्ब पुर्‍याउनु पर्ने

काठमाडौं- नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको न्युनतम चुक्ता पुँजी २० अर्ब रूपैयाँ हुनुपर्ने बताएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको हो। अहिले पुनर्बीमा कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० अर्ब रूपैयाँ हुनुपर्ने व्यवस्था छ। प्राधिकरणले बीमा कम्पनीहरुलाई आगामी १५ दिनभित्र यस्तो चुक्ता पुँजी वृद्धिको योजना बुझाउन समेत…