बैंकिङ्ग प्रणालीबाट थप २० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीबाट थप २० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज मंगलबार थप २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १४ दिने निक्षेप संकलन उपकरणको फागुन १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। माघमा यो चौथोटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। केन्द्रीय बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ९ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।