काठमाडौं– आन्तरिक वायुसेवाको हवाई भाडा पुनरावलोकन गरिने भएको छ । पुनरावलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणकी उपमहानिर्देशक नविना कर्मचार्यको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिले हवाई भाडा बढाउनुपर्ने कारण, पछिल्लो समय बढेको वायुसेवाको लागत, जहाजको प्रकृति अनुसारको सञ्चालन खर्चसहितको विषयमा एक प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा हवाई भाडा पुनरावलोकन…