काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो । बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ।
बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको २ अर्ब ४५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। जसमा पेन्सन कोषको २ अर्ब २० करोड रुपैयाँ र सुरक्षण कोषको २५ करोड रुपैयाँ रहेको छ।
जारी गरिएको सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ । बैंकहरुले माघ २४ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।
प्रतिक्रिया